जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुटवल पावर कम्पनी विश्लेषण

अर्थ वाणिज्य

बुटवल पावर कम्पनी विश्लेषण

बुटवल पावर कम्पनी विश्लेषण

कम्पनीको शेयर मूल्य मंगलवार प्रतिकित्ता रु. ५१५ कायम भएको छ । सो दिन शेयर मूल्य उच्च रु. ५३९ बिन्दुसम्म पुगेको थियो । अघिल्लो कारोबार दिनको तुलनामा ४ रुपैयाँले कमी आएको हो ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ४५ करोड ८६ लाख नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवमा नाफामा ४८ प्रतिशतले कमी आएको हो ।

कम्पनीले गत आवमा रु. ८९ करोड ५९ लाख नाफा कमाएको थियो ।  चालू आवमा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घटेको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म विद्युत् बिक्रीबापत रु. ५५ करोड ७७ लाख ३२ हजार आम्दानी गरेकामा चालू आवको सोही अवधिमा रु. ५१ करोड ११ लाखमा सीमित भएको हो । नाफामा कमी आएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. ३३ दशमलव ३८ रहेकामा चालू आवको सोही अवधिमा घटेर रु. १५ दशमलव ५४ मा सीमित भएको हो ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभ स्टोन डोजी बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बियरिस प्रवृत्तिमा प्रवेश गर्न सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६६ दशमलव ७६ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २५ दशमलव २३ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

5930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका