जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक र सि जि मोटो कर्पबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सि जि मोटो कर्पबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र झम्सिखेल, ललितपुर स्थित मुख्य कार्यालय रहेको सि जि मोटो कर्प प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक श्री रजित मास्के र सि जि मोटो कर्प प्रा.लि.का तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक श्री सिराज पन्तले हस्ताक्षर गर्नुुभएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सुजुकि ब्राण्डको गाडीको आधिकारीक बिक्रेता सि जि मोटो कर्प प्रा. लि. बाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नुहुनेछ ।

यो सेवा बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने बैंकले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

6075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका