जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आरएमबी कार्ड सेवा शुभारम्भ

हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आरएमबी कार्ड सेवा शुभारम्भ

हिमालयन बैंक लिमिटेडले यूनियन पे आरएमबीकार्ड संचालनमा ल्याएको छ । बैंकले र चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।

सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस, क्युआर कोड एवं इकमर्श प्लेटफर्म मार्फत हुने कारोवारको चिनियाँ मुद्रा सीएनवाईमा नै सहज भुक्तानी गर्न सक्ने हुँदा बजारमा उपलब्ध अन्य उपकरणहरुको तुलनामा मितव्ययी एवं सर्व स्वीकार्य हुने व्यहोरा बैंकले जनाकारी गराएको छ ।

व्यक्तिगत तथा संस्थागत भ्रमण गर्नुहुने विद्यार्थी, व्यवसायी एवं पर्यटक जो कोहीले नेपाल राष्ट्र« बैंक विदेशी विनिमय विभाग द्वारा स्वीकृत सीमा सम्मको रकम यूनियन पे आरएमबी कार्डमा लोड गरी यूनियन पेको सञ्जालसंग आवद्ध अलिपे प्लस, विच्याटपे, निहाओ चाइना जस्ता क्युआर एवं अन्य माध्यम मार्फत समेत सीएनवाईमा नै भुक्तानी गर्न सक्नुहुने छ ।

नक्साल, काठमाडौं स्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा यूनियन पे इन्टरनेश्नलका तर्फबाट उपाध्यक्ष ज्वाङ बेइले नेपालमा प्रथम पटक उक्त कार्डसेवाको शुभारम्भ गरे ।

 

120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका