जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।  उनले नेपालको बैंकिङ, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो समयदेखि सफल नेतृत्व प्रदान गर्दै आएका छन् । उच्च नेतृत्वदायी क्षमता र दूरदृष्टि भएका अग्रवालको कार्यकालमा बैंकले व्यावसायिक उचाइ र प्रतिष्ठाको नयाँ शिखर हासिल गर्ने विश्वास लिइएको छ ।

50
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका