जोडिनुहोस
शुक्रबार, असार ५, २०८३
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • समृद्धि फाइनान्सले पहिलो त्रैमासमा ४७ लाखभन्दा बढी नाफा कमायो

समृद्धि फाइनान्सले पहिलो त्रैमासमा ४७ लाखभन्दा बढी नाफा कमायो

चालू आवको पहिलो त्रैमासमा समृद्धि फाइनान्स कम्पनीले रू. ४७ लाख ४५ हजार खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको नाफा रू. १० लाख ११ हजार ऋणात्मक थियो ।

यो वर्ष कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. २२ लाख ३२ हजार ऋणात्मक रहेकोमा चालूआवको सोही अवधिमा सुधारिएर रू. ३७ लाख ४० हजार रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ३६ लाख ८० हजार रहेको छ ।

चुक्ता पूँजी रू. १८ करोड १९ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २१ करोड ९८ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २४ करोड ८५ लाखभन्दा बढी निक्षेप संकलन गरेर रू. ६ करोड ६७ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी रू. २७ लाख ३५ हजार ऋणात्मक रहेको छ । गत आवको पहिलो त्रैमासमा रू. २ दशमलव २२ ऋणात्मक रहेको प्रतिशेयर आम्दानी यस वर्ष सोहि अवधिमा रू. १० दशमलव ४३ कायम भएको छ ।

9180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका