
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८औँ साधारण सभा सम्पन्न भएको छ । बुधबार नारायणहिटी पथस्थित बैंकको मुख्य कार्यालयमा अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाबाट बैंकको प्राथमिक पुँजीकोष सुदृढीकरण तथा व्यवसाय विस्तारलाई ध्यानमा राख्दै २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार (प्रिफेरेन्स) सेयर जारी गर्ने प्रस्ताव पारित गरिएको छ ।
यसैगरी, सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ । संस्थापक समूह ‘क’ बाट अनिल कुमार ज्ञवाली निर्वाचित भएका छन् भने सर्वसाधारण समूह ‘ख’ बाट प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी सञ्चालकमा चयन भएका छन् ।
निर्वाचित सञ्चालकहरू आ–आफ्नो क्षेत्रमा अनुभवी र विज्ञ रहेको बैंकले जनाएको छ । उनीहरू बैंकिङ, अर्थतन्त्र, विकास व्यवस्थापन तथा विभिन्न उद्योग–व्यवसायका क्षेत्रमा लामो अनुभव बोकेका व्यक्तित्व हुन् ।
बैंकले पूँजी आधार मजबुत बनाउँदै जोखिम वहन क्षमता वृद्धि र व्यवसाय विस्तारलाई तीव्रता दिन यस्तो निर्णय गरिएको जनाएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































