जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मेट लाइफ इन्स्योरेन्सको नाफा १ दशमलव ३४ प्रतिशतले घट्यो

मेट लाइफ इन्स्योरेन्सको नाफा १ दशमलव ३४ प्रतिशतले घट्यो

मेट लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको अवधिसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ४ अर्ब ७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १ दशमलव ३४ प्रतिशतले घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ३२ करोड ७९ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ५५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ४१ प्रतिशतले घटेको हो । बिमाङ्कीय मूल्यांकन पछि कम्पनीको नाफा थपघट हुन सक्नेछ ।

समिक्षा अवधिमा कम्पनीले ५ हजार ८४२ वटा दाबी वापत २ अर्ब ५३ करोड रुपैंया भुक्तानी गरेको छ भने ३६२ वटा बीमा दाबी वापतको ७० करोड ११ लाख रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको जगेडा कोषमा २ अर्ब ४३ करोडरुपैंया संचित रहेको छ भने जीवन बीमा कोष १७ करोड ८६ लाख रुपैंया छ ।

9910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका