जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • शेखर गोल्छाले भने-‘साना उद्योगको विकास नभएसम्म रोजगारीको अवसर बढाउन सकिन्न’

शेखर गोल्छाले भने-‘साना उद्योगको विकास नभएसम्म रोजगारीको अवसर बढाउन सकिन्न’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म रोजगारीका अवसरहरु बढाउन नसकिने बताएका छन्।

ललितपुर उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म देशमा रोजगारीका अवसरहरु बढ्न नसक्ने बताएका हुन्। महासंघले साना र मझौला उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहजै कर्जा उपलब्ध गराउने विषयमा काम गर्ने उनले बताए।

गोल्छाले महासंघले सय दिनभित्रमा तयार पार्ने कार्यविधिमा यो विषयलाई प्राथमिकताका साथ समावेस गरी कार्यान्वयनमा लगिने बताए । यस्तै कृषि क्षेत्रमा रहेको परम्परागत उत्पादनलाई प्रतिस्थापन गरी बढी फाइदा दिने वस्तुहरुको उत्पादन गर्ने तर्फ किसानहरुलाई प्रोत्साहन गर्ने सम्बन्धमा समेत महासंघले काम गर्ने उनले बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने महासंघलाई कमजोर बन्न नदिने प्रतिवद्धता व्यक्त गरे। उद्योगी व्यवसायीको हितमा सधै महासंघलाई बलियो गरी उपस्थित हुने वातावरण निर्माण गरिने पनि ढकालले बताए।

5735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका