जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ई-सेवालाई राष्ट्र बैंकले दियो पब्लिक कम्पनी बन्ने अनुमति

ई-सेवालाई राष्ट्र बैंकले दियो पब्लिक कम्पनी बन्ने अनुमति

वालेट सेवा प्रदायक कम्पनी ई-सेवाले पब्लिक कम्पनी हुने अनुमति पाएको छ । नियामक नेपाल राष्ट्र बैंकले ई-सेवालाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण हुने अनुमति दिएको हो । ई-सेवाले दुई महिनाअघि पब्लिक कम्पनीमा रुपान्तरण हुने भन्दै राष्ट्र बैंकमा आवेदन दिएको थियो । राष्ट्र बैंकले संस्थापकहरुको ‘फिट एन्ड प्रोपर टेस्ट’ गरेर अन्य निकायबाट पूरा गर्नुपर्ने कानूनी प्रक्रियाहरु पूरा गरी पब्लिकमा रुपान्तरण हुने अनुमति दिएको हो ।

ई-सेवाले पब्लिक कम्पनीमा रुपान्तरण हुन माग गर्दै राष्ट्र बैंकमा बुझाएको विवरणमा दर्जन मुख्य सेयरधनी रहेको उल्लेख गरेको छ । ई-सेवाका सेयरधीनमा ३५ प्रतिशत विश्वास ढकालको, २५ प्रतिशत असगर अलीको, २० प्रतिशत संभम सिरोहियाको, १० प्रतिशत सुवास शर्माको, ५ प्रतिशत सुभास सापकोटाको र बाँकी रहेको ५ प्रतिशतमा एफवान सफ्टका केही पूराका कर्मचारी सेयरधनी रहेका छन् ।

पब्लिक कम्पनीमा रुपान्तरण भएपछि ई-सेवाले सर्वसाधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आइपीओ निष्काशन निकाल्ने तयारी गरिरहेको छ ।

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका