जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • नेपाल बैंकका प्रमुख कार्यकारीको तलब सुविधा ४६ लाख ९६ हजार

नेपाल बैंकका प्रमुख कार्यकारीको तलब सुविधा ४६ लाख ९६ हजार

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलाई ४६ लाख ९६ हजार ३०६ रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ।

बैंकले गत आर्थिक बर्षको साधारणसभा गर्दै प्रस्तुत गरेको बार्षिक प्रतिबेदनमा प्रमुख कार्यकारी अधिकृत अधिकारीले ३० लाख १३ हजार ६४८ रुपैयाँ तलब र १६ लाख ८२ हजार ६५७ रुपैयाँ भत्ता बुझेको उल्लेख गरेको छ।

बैंकले कम्पनी सचिब र अन्य ब्यवस्थापन अधिकारीहरुलाई (मूख्य प्रबन्धक तहसम्म) लाई तलब भत्ता बापत ५ करोड १० लाख ९५ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

बैंकको गत बर्ष कुल कर्मचारी खर्च २ अर्ब २२ करोड ४८ लाख रुपैयाँ पुगेको थियो। यसबाहेक सञ्चालन खर्च ६६ करोड ८६ लाख रुपैयाँ छ।

बैंकको बार्षिक साधारणसभाले ४ प्रतिशतका दरले नगद लाभांस र १२ प्रतिशतका दरले बोनस सेयर पारित गरेको छ

9560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?