जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्धारा हात गुमाएकालाई कृत्रिम हात हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्धारा हात गुमाएकालाई कृत्रिम हात हस्तान्तरण

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको विरगंज शाखाले विर्ता, विरगंज स्थित त्रिजुद्ध र घुवीर राम महावीर प्रसाद माध्यमिक विद्यालयमा एक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा विभिन्न दुर्घटनामा परेर हात गुमाएका व्यक्तिहरुलाई कृत्रिम हातहरु हस्तान्तरण गरेको छ । सोका लागि बैंकले रोटरी क्लब विरगंज शाखासँग समन्वय गरी करिब ३० हजार बराबरको १५ थान हातहरु वितरण गरेको हो ।

लाभान्वित व्यक्तिहरुले अब उपरान्त उक्त हातको माध्यमले सहायता बिना नै खाने, केही वस्तु समात्ने जस्ता कार्यक्रहरु सजिलै गर्न सक्ने जानकारी दिँदै बैंकले उनीहरुको दैनिकी निकै नै सहज बन्ने अपेक्षा बैंकले गरेको छ ।

8405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर