जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिभिल बैंकको एनयुटी निक्षेप योजना

सिभिल बैंकको एनयुटी निक्षेप योजना

सिभिल बैंकले  एनयुटी निक्षेप योजना ल्याएको छ । यस योजनामा बचत र मुद्दती खातालाई समायोजन गरी बनाइएको निक्षेप योजना रहेको बैंकले जनाएको छ ।  एन्टी डिपोजिट योजना भनेको भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी  मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र इच्छयाइएको रकम सो अवधि पश्चात एवमुष्ट प्राप्त गर्न सकिने छ ।

सिभिल एनयुटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने छ । न्यूनतम मौज्दात हजार रुपैयाँबाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले सञ्चालन गर्न बैंकले जनाएको छ ।

यस योजनामा १ वर्षदेखि ५ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सकिन्छ ।  बैंका अनुसार ग्राहकको इच्छा अनुसार एक भन्दा बढी खाता पनि खोल्न पाइनेछ । सिभिल एन्यूटी डिपोजिट बाट बचतकर्ताले आवष्यक मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा व्याजको एवमष्ट रकमको लाभ पाउन सक्नेछन् । आवश्यक परेको वखत ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा मौज्दात रकमको ६० प्रतिशतसम्म ऋण निकाल्न  सकिनेछ । हाल२६ शाखामार्फत सेवा प्रदान गरिरहेको  बैंकले जनाएको छ ।

7405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका