जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल लाइफको ५१% लाभांश पारित, कृष्णराज लामिछाने नयाँ सञ्चालक, ढकालको निरन्तरता

नेपाल लाइफको ५१% लाभांश पारित, कृष्णराज लामिछाने नयाँ सञ्चालक, ढकालको निरन्तरता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभाले ५१ प्रतिशत लाभांश पारित गरेको छ। बुधबार वीरगञ्जमा भएको साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद लाभांश पारित गरेको हो।

साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट दुई जना सञ्चालक पनि चयन गरेको छ। महालक्ष्मी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने चयन भएका छन्। अर्का सञ्चालकमा भने बिमलप्रसाद ढकालले निरन्तरता पाएका छन्।

कम्पनीको प्रति सेयर मूल्य १०० रुपैयाँ रहेकोमा यसलाई परिवर्तन गरी अंकित मूल्य ५० रुपैयाँ पुर्याकउने प्रस्ताव पनि पारित गरेको छ। यो प्रस्ताव सम्बन्धित नियामक निकायबाट स्वीकृत भएमा मात्र लागू हुनेछ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब  ५ अर्ब ५० करोड रहेको चुक्ता पुँजी लाभांश वितरण पश्चात ७ अर्ब १९ करोड हुनेछ। त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ।

10295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका