जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमइ बैंकले फेरि जारी गर्यो ऋणपत्र, ब्याज दर साढे ८ प्रतिशत

ग्लोबल आइएमइ बैंकले फेरि जारी गर्यो ऋणपत्र, ब्याज दर साढे ८ प्रतिशत

ग्लोबल आइएमई बैंकले आजबाट ऋणपत्र जारी गरेको छ। बैंकले बार्षिक साढे ८ प्रतिशत ब्याजको ऋणपत्र जारी गरेको हो।

ऋणपत्र आर्थिक बर्ष २०८६/८७ मा परिपक्व हुने छ। बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो।

अंकित मूल्य एक हजार रुपैयाँ दरको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाखकित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ।

बाँकी १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ। सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म हुने छ।

9505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका