![रेमिट्यान्स सेवा फराकिलो बनाउँदै सनराइज बैंक](https://aarthikbazarnews.com/wp-content/uploads/2020/03/unnamed.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
सनराइज बैंक र जीएमई रेमिट्यान्सबीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जिएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्तरुपमा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौताअनुसार सनराइज बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरुले सन्राइज रेमिटमार्फत् पठाएको रकम जीएमई रेमिट्यान्सका नेपालभर रहेका ८ हजारभन्दा बढी एजेन्टबाट छिटो–छरितो तरिकाले पाउने भएका छन् । सम्पूर्ण ग्राहकले सनराइज रेमिटमार्फत् सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।
हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा एटिएममार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।