जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • घर जग्गा बाहेकका स्थिर सामाग्री खरिद गर्दा बीमा समितिको स्वीकृति आवश्यक नपर्ने

घर जग्गा बाहेकका स्थिर सामाग्री खरिद गर्दा बीमा समितिको स्वीकृति आवश्यक नपर्ने

बीमा कम्पनीहरुले कार्यालय प्रयोजनका लागि आवस्यक पर्ने घर/जग्गा बाहेका स्थिर सम्पत्ती खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृति आवस्यक नपर्ने भएको छ । कम्पनीहरुले आफ्नो नेटवर्थको बढिमा ३० प्रतिशत भित्र रहि सञ्चालक समितिबाट स्वीकृत गरेको बजेटको सीमा भित्र रहेर उनिहरुले स्थिर सम्पत्ती खरिद बिक्री गर्न पाउने भएका हुन् ।

बीमा कम्पनीहरुले केहि अस्थिर सामाग्री खरिद गर्नका लागि पनि बीमा समितिको स्वीकृति लिनु पर्ने बाध्यता थियो । समितिले थोरै तीनो सामाग्री खरिद गर्न कम्पनीहरुलाई नै स्वतन्त्रता प्रदान गरेको हो । कम्पनीहरुले बीमितको पैसा दुरुपयोग गरेको भन्दै समितिले माइक्रोम्यानेजमेन्ट गर्दै आएको थियो । कम्पनीहरुले अनावस्यक रुपमा गाडि खरिद गर्न थाले पछि समितिले केहि वर्षदेखि कडाइ गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो व्यक्तिगत प्रयोगनका लागि पनि गाडि खरिद गरेर दुरुपयोग गरेको भन्दै समितिले गाडि खरिदमा कडाइ गर्दै आएको थियो ।

साना-साना कुरामा पनि समितिले हेर्न थाले पछि अन्य कुरामा ध्यान दिन नसकेको भन्दै अध्यक्ष सूर्य प्रसाद सिलवालले केहि अधिकार कम्पनीलाई छाडिदिनु पर्ने तर्क राख्दै आएका थिए । कम्पनीका ठुला ठुला खरिद बिक्रीलाई सञ्चालक समितिले हेर्ने भएकाले उक्त अधिकार सञ्चाकहरुलाई नै छाडिएको समितिको तर्क छ ।

कम्पनीमा हुने अनावस्यक खर्च रोक्ने काम शेयरधनीहरु अर्थात सञ्चालक समिति नै हुने भएकाले यसलाई समितिले छाडिदिने भएको छ । कार्यालय प्रयोजनका लागि खरिद गरिने घरजग्गाको विषयमा भने समितिको अनुमति आवस्यक पर्ने छ । कतिपय घरजग्गामा गरिएको लगानी संवेदनशिल हुने भएकाले यसलाई समितिकै क्षेत्राधिकार भित्र राखिएको हो ।

5500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका