जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा संस्थानको नाफा घटयो

राष्ट्रिय बीमा संस्थानको नाफा घटयो

राष्ट्रिय बीमा संस्थानले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासको अवधिसम्ममा आइपुगदा कम्पनीको कम्पनीको खुद नाफा र बीमाशुल्क आर्जन दुबै घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ६ अर्ब ७७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १ दशमलव ०२ प्रतिशतले कमी हो ।

समिक्षा अवधिमा कम्पनीले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १ दशमलव ४३ प्रतिशतले घटेको हो ।गत आर्थिक वर्षको सोही अवधिमा संस्थानले ४ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा २० करोड ८५ लाख रुपैयाँ अभिकर्ता कमीशनामा खर्चीएको छ।

हाल संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख २० रुपैयाँ हजार रहेको छ । जगेडा कोषमा ३३ करोड ४४ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै, जीवन बीमा कोषमा ३२ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।यस अवधिसम्ममा संस्थानले २ अर्ब ५४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

7065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका