जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • तारा मानन्धरले छोडे प्राइम बैंक, मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा नियुक्त

तारा मानन्धरले छोडे प्राइम बैंक, मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा नियुक्त

प्राइम कमर्सियल बैंकका एजिएम रहेका तारा मानन्धरले बैंक छाडेका छन । मानन्धरले प्राइम बैंक छाडेको ४ दिन भएको छ ।

कैलाश विकास बैंकको डेपुटी सीईओ रहेका मानन्धर कैलाश बैंकलाई प्राइम बैंकले अक्वायर गरेपछि उनि प्राइममा सहायक महाप्रवन्धक भएका थिए ।

कैलाश विकास बैंक आउनुअघि मुक्तिनाथ र प्रभु बैंकको डेपुटी सीईओ भैसकेका मानन्धरको दुई दसकभन्दा बढी बैंकिङ अनुभव रहेको छ ।

मानन्धर दुबईको मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा ज्वाइन गरेका छन । मश्रेक बैंकको नेपाल प्रतिनिधि हेमा अधिकारी रहेकी छिन । अधिकारी पछि मानन्धर सेकेण्डम्यानमा ज्वाइन गरेका हुन ।

मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधि रहेका पृथ्वी श्रेष्ठको गत माघमा कोरोनाको कारण निधन भएपछि खाली रहेको थियो ।

8700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका