जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • वैदेशिक रोजगारीमा गएकाहरुलाई १० प्रतिशत ब्याज दिने गरी बचतपत्र निष्कासन

वैदेशिक रोजगारीमा गएकाहरुलाई १० प्रतिशत ब्याज दिने गरी बचतपत्र निष्कासन

नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ। सरकारका लागि आन्तरिक ऋण उठाइरहेको राष्ट्र बैंकले यसैअन्तर्गत वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो।

पाँच वर्ष अवधिको बचतपत्रको वार्षिक ब्याज दर १० प्रतिशत रहेको छ। अहिले बैंक तथा वित्तीय संस्थाले दिइरहेकोभन्दा यो ब्याज निक्कै माथि हो। राष्ट्र बैंकले अन्य बचतपत्रमा दिइरहेकोभन्दा पनि यो धेरै हो।ब्याज आम्दानी गरेबापत वैदेशिक रोजगारमा हुनेहरुले सरकारलाई कर पनि तिर्नु पर्दैन। नभए ब्याज आम्दानीमा ५ प्रतिशत कर लाग्छ।

ब्याजको भुक्तानी प्रत्येक ६/६ महिनामा गरिने छ। ऋणपत्र कम्तिमा १० हजार रुपैयाँको किन्नु पर्नेछ।

मुलुक बाहिर रोजगारीमा संलग्न भएका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपालीका परिवारले खरिद गर्न सक्ने छन्। रोजगारीमा गएको व्यक्तिको बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा र छोरीले खरिद गर्न सक्ने छन्।

8065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका