जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने

राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने

गोर्खाको दूधपोखरी चेपे जलविद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने भएको छ । गोर्खाको दूधपोखरीमा निर्माणाधिन दुधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधपोखरी मेचेका अध्यक्ष सविन प्रधानाङ्गबीच विहिवार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार आयोजनाको कुल लागतमा बैंकले ७० प्रतिशत ऋण लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत आयोजनाले नै लगानी गर्नेछ । दूधपोखरी चेपे जलविद्युत आयोजना ८.८५६ मेगावाटको भएको अध्यक्ष सविन प्रधानाङ्गले बताए । उनका अनुसार जलविद्युतको लागि चाहिने सडक एवं प्रसारण लाईनको काम ९० प्रतिशत सम्पन्न भई सकेको छ ।

सो आयोजनाको प्रशारण लाइन सुपर चेपे जलविद्युत आयोजनाको प्रशारण लाइनमा डबल सर्किट भएर ल्याइने तयारी गरेको छ । सुपर चेपे र दुधपोखरी चेपेको संयुक्त कोलाब्रेसनमा काम भएपछि सो क्षेत्रका बासिन्दा पनि खुशी भएका छन् ।  अनुभवी सुपर चेपेको समुहको कोलाब्रेसनमा दुधपोखरी चेपे बन्नेभएपछि आयोजना समयमै सम्पन्न हुने भएको छ ।

आयोजनामा  १७५५ मिटर लामो हेडरेस सुरुङ र ३११९ मिटर लामो पेनस्टक निर्माण हुने आयोजनाका जनसम्पर्क अधिकृत प्रदिप राज गिरीले जानकारी दिए ।  यो आयोजना पूरा भएपछि वार्षिक ५६.१९ गिगावाट प्रति घन्टा विद्युत उत्पादन हुने उनले जनाए । हिउँदमा १९.२८ गिगावाट प्रति घन्टा र बर्षातमा ३६.९१ गिगावाट प्रति घन्टा विद्युत उत्पादन हुने गिरीले जानकारी दिए ।

आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत २८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको लमजुङमा रहेको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । आयोजना निर्माण सुरु भएको साढे २ वर्षमा सम्पन्न हुनेछ ।

कम्पनीले आयोजनाको अध्ययन पूरा गरी २०७७ माघ १९ गते नै विद्युत विकास विभागबाट आवेदन पाएको हो । आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ । स्वदेशी लगानीमा नै निर्माण हुन लागेको दुधपोखरी चेपे जलविद्युत आयोजना २०८१ को जेठसम्ममा सम्पन्न गरी सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?