कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ ।
यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक भएको कम्पनीले बताएको छ ।
यो रकम कोका–कोला फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको जानकारी दिइएको छ ।
यो दुवै सडक र हवाईद्वारा परिवहन योग्य रहेका र यसलाई चाँडै स्थापना गर्न सकिने कम्पनीले बताएको छ । यी युनिटहरु नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा हुने छैन ।
प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ । फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले व्रिmयसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० ओटा युनिटहरुको माग गरिसकेको समेत कम्पनीले बताएको छ ।