जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बैंक घोटलामा मुछिएका हिरा व्यापारीलाई अदालतको अर्को झड्का

बैंक घोटलामा मुछिएका हिरा व्यापारीलाई अदालतको अर्को झड्का

पञ्जाब नेशनल बैंक (पीएनबी) का घोटालाका अभियुक्त हिरा व्यापारी मेहुल चोकसीलाई डोमिनिकाको उच्च अदालतबाट ठूलो झडका लागेको छ ।   शुक्रबार अदालतले उनलाई जमानत दिन अस्वीकार गरेको छ ।  समाचार एजेन्सी एएनआईका अनुसार हाईकोर्टले चोकसीलाई जमानी लिन अस्वीकार गरेको हो । उनी अझै पनि भाग्न सक्ने सम्भावना रहेकाले जमानत नदिएको हो ।

चोक्सीका वकिलहरूले अदालतमा तर्क गर्दै क्यारीकोम नागरिक भएको कारण मेहुलले जमानत पाउन पर्ने दावी गरेका थिए ।  उनका वकिलहरूले चोकसीको स्वास्थ्य राम्रो नभएको तर्क गरेका थिए । तर, सरकारी पक्षले भने उनका वकिलको तर्कलाई अस्वीकार गर्दै सतर्क रहन र थुनामा राख्न माग गरेका थिए ।  इन्टरपोलले उनको बिरूद्ध नोटिस जारी गरेको छ ।

यस अघि मेहुलकी श्रीमती प्रीतिले मेहुलकी कथित प्रेमिका बारबरा जाबेरिकाको आरोपलाई इन्कार गरेकी थिइन । केही दिन अघि सञ्चारकर्मीसँग कुराकानीमा जबरिकाले मेहुललाई नक्कली पहिचान दिने र अपहरणको गलत सिद्धान्त सिर्जना गरेको आरोप लगाएकी थिइन । यसमा, प्रीतिले बिहीबार जवाफ दिँदै उनका पतिको बदनाम भइरहेको आरोप लगाएकी थिइन ।

मेहुल चोकसी एन्टिगा–बार्बुडामा बस्दै थिए । दुई दिन पछि डोमिनिकामा समातिए ।  चोकसीले उनी आफ्नी प्रेमिका बारबरा जाबेरिकासँग थिए । त्यो समयमा उनको अपहरण भएको भन्ने आरोप समेत लगाएका थिए ।

8505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका