जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • दसैंमा आन्दोलनको प्रभाव : राजस्व संकलन लक्ष्यको ७८% मात्र

दसैंमा आन्दोलनको प्रभाव : राजस्व संकलन लक्ष्यको ७८% मात्र

जेन-जेड आन्दोलनको प्रभाव राजस्व संकलनमा देखिएको छ। आन्दोलनका कारण दसैंको मुखमा राजस्व संकलन लक्ष्यभन्दा कम भएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्म कुल २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो सोही अवधिको लक्ष्यको ७८.१२ प्रतिशत हो।

राजस्व व्यवस्थापन सूचना प्रणालीका अनुसार यस वर्षको राजस्व संकलन गत वर्षको तुलनामा केही कम देखिएको छ।
चालु आवमा वार्षिक राजस्व संकलन लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ राखिएको छ। असोजसम्मको लक्ष्य ३ खर्ब २१ अर्ब ५३ करोड रुपैयाँ रहेकोमा लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो।

असोज महिनाका लागि १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ राजस्व लक्ष्य तोकिएको थियो। जसमा ९२ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८९.७१ प्रतिशत हो। असोज ३१ गते मात्र ८ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा असोजसम्म २ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। सो वर्षको वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ थियो भने असोजसम्मको लक्ष्य ३ खर्ब ९ अर्ब ९३ करोड रुपैयाँ थियो।

1645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका