जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सानिमा लाइफद्धारा मृतकको परिवारलाई १३ लाख ५८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सानिमा लाइफद्धारा मृतकको परिवारलाई १३ लाख ५८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई १३ लाख ५८ हजार पाँच सय रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले दाबी भुक्तानी रकम प्रदान गरेको हो ।

कम्पनीले भिमदत नगरपालिका ०६ का स्व.सरस्वती कार्कीका श्रीमान प्रेम सिंह कार्कीले भुक्तानी वापतको १३ लाख ५८ हजार पाँच सय प्रदान गरेको हो । प्रदेश प्रमुख गणेश प्रसार उप्रेतीकोअध्यक्षतामा सम्पन्न कार्यक्रममा   रकम हस्तान्तरण गरेको छ ।

महेन्द्रनगर शाखाका शाखा प्रबन्धक रोशन भट्ट ,बजार अधिकारी गणेशराज जोशी , सिएई नन्द राज बिष्ट सहित वरिष्ठ एजेन्सी मेनेजर राजेन्द्र बहादुर बिष्ट वरिष्ठ एजेन्सी मेनेजर अम्बा दत्त जोशी , वरिष्ठ एजेन्सी मेनेजर धनेश्वोरि बोकटि, वरिष्ठ एजेन्सी मेनेजर बिरेन्द्र सिंह बोहरा एजेन्सी मेनेजर द्रोपति हल्दार अभिकर्ता हिमाल जोशी र मिर्तका छोरा हरु आशिष कार्की , अर्पण कार्की लगायतको सहभागी भएको थियो।

कोरोना भएर मृत्यु भएका कार्की २०७७ असारमा १३ लाखको बीमा गरेका थिए । कार्किले हालसम्म एक किस्ता वापतको १ लाख ६ हजार ७ सय ११ कम्पनीमा जम्मा गरेका थिए । कार्की २०७८ जेठ १३ मा मृत्यु भएको थियो ।

7430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका