जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१

समाचार

सधै नाफा छैन कहिले घाटा

सधै नाफा छैन कहिले घाटा

२७ वाािण्ज्य बैंकहरुको पुष मसान्तको सम्मको रिर्जल्ट हेर्दा सधै नाफा छैन कहिले घाटा भन्ने शब्द नै काफी देखिन्छ । सदा झै यस पटक पनि सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २७ वाणिज्य बैंकहरुमा सबै भन्दा बढि नाफा कमाएर देखिएको छ । बैंकले २ अर्ब २० करोड ९४ लाख नाफा कमाएको छ भने इच्छाराम तामाङको नेतृत्वमा रहेको बैंक सिभिल बैंकले सबैभन्दा कम ३१ करोड ६२ लाख मात्रै नाफा कमाएको देखिन्छ ।

दोस्रो बढी कमाउनेमा नबिल बैंक छ । नबिल बैंकले यो ६ महिनामा २ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ। एनआइसी एशिया बैंकले पुस महिनासम्म २ अर्ब १ करोड ६२ लाख खुद नाफा गरेको छ। यो बैंक तेस्रो धेरै बैंक बनेको छ ।

राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र एनआइसी एशिया बैंकले २ अर्ब भन्दा माथि कमाएका छन् । अन्य १३ बैंकको नाफा १ अर्ब भन्दा माथी नाफा कमाएका छन् ।
१ अर्ब भन्दा बढी नाफा गर्नेमा स्टयार्डड चार्टर्ड, एनएमबी, एसबिआई, ग्लोबल आइएमई, इन्भेष्टमेन्ट, हिमालयन, प्राइम, प्रभु, नेपाल बैंक, सानिमा, एभरेष्ट, सिद्धार्थ र कृषि विकास बैंक छन् ।
यस्तै १ अर्ब नाफा नपु¥याउने बैंकमा सिभिल, एनसीसी, कुमारी, लक्ष्मी, बंगालादेश, सनराइज, माछापुच्छ«े, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, मेगा बैंक र सेञ्चुरी बैंक देखिन्छ ।

कसको नाफा कति ?
कृषि विकास बैंक १ अर्ब ५८ करोड १७ लाख, सिटिजन्स बैंक ६८ करोड ७७ लाख, सिद्धार्थ बैंक १ अर्ब २ करोड ६५ लाख, एभरेष्ट बैंक १ अर्ब ५० करोड ९८ लाख, माछापुच्छे बैंक ८२ करोड १८ लाख, सानिमा बैंक १ अर्ब १४ करोड ७४ लाख, नेपाल बैंक १ अर्ब ३५ करोड २३ लाख, सनराइज बैंक ९४ करोड ४३ लाख, प्रभु बैंक, १ अर्ब ८ करोड ५७ लाख, नेपाल बंगालादेश बैंक, ८० करोड ७७ लाख, लक्ष्मी बैंक ९० करोड ३० लाख, कुमारी बैंक ८० करोड ३० लाख, प्राइम बैंक १ अर्ब ३० करोड ७ लाख, हिमालयन बैंंक १ अर्ब ७४ करोड २४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंक १ अर्ब ६६ करोड ६१ लाख, एनआइसी एशिया बैंक २ अर्ब १ करोड ६२ लाख, ग्लोबल आइएमई बैंक १ अर्ब ६८ करोड ५९ लाख, एसबीआई बैंक १ अर्ब ७ लाख, एनएमबी बैंक १ अर्ब ६३ करोड ६० लाख, एनसीसी बैंक ७५ करोड ६३ लाख, नबिल बैंक २ अर्ब ४ करोड १८ लाख, स्टयाण्डर्ड चार्टर्ड बैंक १ अर्ब २२ करोड ६९ लाख, सिभिल बैंक ३१ करोड ६२ लाख, बैंक अफ काठमाण्डू ८८ करोड ३८ लाख, मेगा बैंक ९५ करोड २ लाख, सेन्चुरी बैंक ६५ करोड २ लाख र राष्ट्रिय वाणिज्य बैंक २ अर्ब २० करोड ९४ लाख देखिन्छ ।

6560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका