जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • लगानी बोर्डको सिईओ छनौंट प्रक्रिया अघि बढ्यो

लगानी बोर्डको सिईओ छनौंट प्रक्रिया अघि बढ्यो

सरकारले लगानी बोर्डको कार्यकारी प्रमुख नियुक्तीका लागि खुल्ला प्रतिस्पर्धाका आधारमा दरखास्त आह्वान गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको लागि नियुक्तीका लागि गठित समितिको सचिवालयले प्रस्ताव आह्वान गरेको हो।रकारले बोर्डको सिइओ नियुक्तिको सिफारिस गर्न बोर्डका उपाध्यक्ष (अर्थमन्त्री) को संयोजकत्वमा योजना आयोगका उपाध्यक्ष र सरकारले पठाउने एक विज्ञ सदस्यसहितको सिफारिस समिति गठन गरेको छ।
सिफारिस समितिले आजको मितिबाट १५ दिनभित्र प्राप्त हुनेगरी सिलबन्दी निवदेन पेस गर्न सार्वजनिक सूचना प्रकासित गरेको छ ।

बोर्डको कार्यकारी प्रमुखका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा परियोजना विश्लेषण, वाणिज्य कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उर्तिण गरी सम्वन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभवसहितको उच्चस्तरको दक्षता भएको तथा ३५ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ।

सिफारिस समितिले सिइओ नियुक्तिका लागि व्यवस्था गरिएको मापदण्डका आधारमा योग्य उम्मेदवारमध्ये ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । समितिले सिफारिस गरेका उम्मेदवारमध्ये सबैभन्दा योग्य एकजनालाई मन्त्रिपरिषद् बैठकले निर्णय गरेर बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
यसअघि बोर्डका सिइओ महाप्रसाद अधिकारीले चारवर्षे कार्यकाल पूरा गर्न दुई महिना बाँकी छँदै राजीनामा दिएपछि बोर्ड प्रमुखविहीन बनेको थियो। अधिकारीलाई सरकारले २५ चैतमा राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरिसकेको छ ।

8550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका