जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर बिहीवारदेखि विक्रीमा

एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर बिहीवारदेखि विक्रीमा

एक्सेल डेभलपमेण्ट बैंकको कुल ८२ हजार ५६६ कित्ता संस्थापक शेयर भदौ १० गतेदेखि विक्रीमा आएको छ । कम्पनीले अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

यी शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक सदस्यहरुले मूल्य र कित्ता खुलाई कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा पुग्ने गरी आवेदन दिनुपर्नेछ । 

३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने वा सबै शेयर विक्री नभएमा बाँकी रहन गएको शेयर कित्ता प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।

4875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका