जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • राष्ट्र बैंकले २१ अर्ब १० करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले २१ अर्ब १० करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ११ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल २०७८ साल असोज १२ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि १० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल पुस १३ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यस ट्रेजरी बिल आज असार १४ गते दिउँसो ३ बजे बोलकबोल भएर भोलि बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

5460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका