
थापाथलीस्थित नर्भिक अस्पतालले सेवा विस्तार गर्न आइपीओ निष्कासन गर्ने भएको छ।
पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिकले आइपीओ जारी गरे स्वास्थ्य क्षेत्रको पहिलो कम्पनी बन्ने छ।
नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताएका छन्।
पब्लिक कम्पनीमा गएपछि नाम अब नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड भएको जनाएको छ। यसअघि नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि थियो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































