जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल ईन्स्योरेन्स कम्पनीबाट मृत्यु दाबी रकम भुक्तानी

नेपाल ईन्स्योरेन्स कम्पनीबाट मृत्यु दाबी रकम भुक्तानी

जगदम्वा मोटरर्स प्रा.लि मार्फत यस कम्पनीमा बीमा भएको दुर्घटना बीमालेख अन्तर्गत स्व.राजदेव यादवको मृत्यु दावी वापतको रकम रु २५,००,०००।– (अक्षरुपी रु पच्चिस लाख मात्र) को चेक कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले जगदम्वा मोटर्स प्रा.लि.का प्रतिनिधि दिनेश राज पाण्डेको उपस्थितिमा मृतकका हकवालालाई हस्तान्तरण गर्नु भयो । यसरी नेपाल ईन्स्योरेन्स कम्पनीले बीमा दावी रकम समयमै भुक्तानी गर्ने गरेको यथार्तलाई पुष्ट्याई गरेको छ ।

नेपाली बीमा बजारमा आफ्नो छुट्टै शाख, प्रतिष्ठा र पहिचानलाई कायम राख्दै विश्वाशीलो र भरपर्दो बीमा कम्पनीको रुपमा बि.स.२००४ सालमा स्थापित यस कम्पनीको देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय लगायत ४९ वटा शाखा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको र आगामी दिनमा समेत ग्राहकको आबश्यकता, सन्तुष्टिलाई आत्मसात गर्दै अगाडी बढ्ने कुरा उक्त अवसरमा निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेल बताउनु भयो ।

9505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका