जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ऋणपत्र निष्काशनको लागि एभरेष्ट बैंकले चयन गर्यो बिक्रि प्रबन्धक

ऋणपत्र निष्काशनको लागि एभरेष्ट बैंकले चयन गर्यो बिक्रि प्रबन्धक

एभरेष्ट बैंक Everest Bank Limited  ले ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

सम्झौतामा बैंकको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्  ।

बैंकले १ हजार अंकित दरको २० लाख कित्ताले हुन आउने दुई अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।   उक्त ऋणपत्रको अवधि ८ वर्ष र ब्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ ।

बैंकले १०३ वटा शाखा कार्यालयहरु र ३ वटा एक्सटेन्शन काउन्टर मार्फत आफ्नो सेवा प्रदान गरिरहेको  छ ।

8280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका