जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • विदेशी लगानीका इन्भेष्टमेन्ट कम्पनीले नेपालका बैंकबाट ऋण लिन नपाउने

विदेशी लगानीका इन्भेष्टमेन्ट कम्पनीले नेपालका बैंकबाट ऋण लिन नपाउने

विदेशी लगानी रहेर नेपालमा स्थापना भएका लगानी कम्पनीले नेपालका बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने भएका छन् ।
साथै त्यस्ता कम्पनीलाई पूँजी बजारमा लगानी गर्नका लागि पनि सरकारले बन्देज लगाएको छ ।

सरकारले औद्योगिक व्यवसाय ऐन २०७६ को अनुसूची ८ अनुसारको लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्ने सम्बन्धी प्रावधानमा संशोधन गर्दै विदेशी लगानी कम्पनीहरुले लगानी र काम गर्न पाउने क्षेत्र तोकिदिएको हो ।

राजपत्रमा प्रधाशित ऐन संशोधन सम्बन्धी व्यवस्थाअनुसार इन्भेस्टमेन्ट कम्पनीले स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैनन् भने विदेशी बैंकको बैंक ग्यारेन्टीको आधारमा समेत स्वदेशी बैंकबाट ऋण पाउने छैनन् ।

नयाँ व्यवस्थाअनुसार इन्भेष्टमेन्ट कम्पनी उद्योगका रुपमा दर्ता हुन वा स्थापना हुनका लागि न्यूनतम लगानी १ अर्ब रुपैयाँ बराबर हुनुपर्नेछ । यस्ता उद्योगहरु उद्योग विभागमा दर्ता हुनेछन् ।

विदेशी लगानी रहेर नेपालमा स्थापना भएका इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र दलाल, बजार निर्माता, रियलस्टेट कारोबार जस्ता क्षेत्रमा लगानी गर्न पाउने छैनन् । त्यस्तै, इन्भेष्टमेन्ट कम्पनीले स्टक एक्सचेन्ज लिमिटेडको दोस्रो बजारमार्फत् सेयर डिभेञ्चर खरिद गर्न नपाउने व्यवस्था गरेको छ ।

इन्भेष्टमेन्ट कम्पनीले नेपालमा सेयर पूँजीको रुपमा मात्र लगानी गर्न पाउनेछन् । तर, ऋण, ऋण सूविधा, बोन्ड, डिबेञ्चरमार्फत् लगानी गर्न पाउनेछन् ।

इन्भेष्टमेन्ट कम्पनीले नेपालमा सहकारी ऐनअनुसार स्थापित संघसंस्थाले गरिरहेको काम गर्न तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिमको कुनै पनि काम गर्न पाउने छैनन् ।

3885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?