जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • तीन कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला

तीन कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो ।

आरएमडीसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र मेरो माइक्रोफाइनान्सको ८६ हजार ३३९ कित्ता लिलामी मार्फत विक्री गर्न लागेको हो । उक्त संस्थापक शेयर भदौ १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाएको छ ।

आरएमडीसी लघुवित्तको प्रतिकित्ता न्यूनतम मूल्य ६०३ रुपैयाँ, नागरिक लगानी कोषको १ हजार ४१० रुपैयाँ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ५७६ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

आरएमडीसी लघुवित्तको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता तथा नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्सको १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

4320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका