जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१
  • होमपेज
  • दुई अर्ब ८३ करोडभन्दा बढी खुद नाफा गरेको सिद्धार्थ बैंकको वितरणयोग्य नाफा १ अर्बभन्दा बढी

दुई अर्ब ८३ करोडभन्दा बढी खुद नाफा गरेको सिद्धार्थ बैंकको वितरणयोग्य नाफा १ अर्बभन्दा बढी

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ८३ करोड ६१ लाखभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव ३१ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले रू. २ अर्ब १४ करोड ३६ लाखभन्दा बढी यो नाफा गरेको थियो ।

आइतवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा भने रू. १ अर्ब २१ करोड ७६ लाखभन्दा बढी छ । वितरणयोग्य नाफा यस वर्ष साढे ४० प्रतिशत बृद्धि भएको हो । १२ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. १० अर्ब ९६ करोड २२ लाख ९९ हजार पु¥याएको बैंकको जगेडा कोष रकम रू. ९ अर्ब ३० करोड २६ लाखभन्दा बढी कायम भएको छ ।

अघिल्लो वर्षभन्दा साढे २९ प्रतिशत बढी रू. १ खर्ब ८० अर्ब ९२ करोड ४० लाखभन्दा बढी निक्षेप संलकन गरेको बैंकले २८ दशमलव ३० प्रतिशत बढी रू. १ खर्ब ५८ अर्ब ५४ करोड १८ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

अघिल्लो वर्ष १ दशमलव ३८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष १ दशमलव १६ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. २५ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १८४ दशमलव ८६ रहेको छ ।

3125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?