जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकले आन्तरिक रुपमा थाल्यो थप १० बैंकको पोर्टफोलियो रिभ्यू

राष्ट्र बैंकले आन्तरिक रुपमा थाल्यो थप १० बैंकको पोर्टफोलियो रिभ्यू

राष्ट्र बैंकले आन्तरिक ऋणमा थप १० वाणिज्य बैंकको पोर्टपोलियो रिभ्यू थालेको छ। ठूला १० बैंकको पोर्टफोलियो रिभ्यूको लागि बंग्लादेशको होवलदार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स कम्पनीसँग सम्झौता गरेपछि राष्ट्र बैंकले आन्तरिक रुपमा अन्य १० बैंकको आन्तरिक परीक्षण थालेको हो।

हालसम्म राष्ट्र बैंकले सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआइ बैंकको रिभ्यू गरिसकेको छ। त्यसैगरी, अन्य बैंकहरुको पोर्टफोलियो रिभ्यूको काम चाँडै नै सम्पन्न गरिने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए। उनका अनुसार ऋण पोर्टपोलियो, सम्पत्ति गुणस्तर र एचआर अवस्था निरीक्षण गरिएको हो। ‘लोनको पोर्टफोलियो र सम्पत्ति धेरै भएका १० वाणिज्य बैंकहरुको गुणस्तर परीक्षण गर्न बंगलादेशको कम्पनीसँग सम्झौता भइसकेको छ,’ ती अधिकारीले बिजमाण्डूसँग भने, ‘थप १० वटा बैंकको आन्तरिक हेरिरहेका छौं।’

चार बैंकको पोर्टफोलियो रिभ्यूको काम सम्पन्न भइसकेको उनको भनाइ छ। पहिलो त्रैमासभित्र अन्य बैंकहरुको पनि सम्पन्न गर्ने लक्ष्य रहेको ती अधिकारीले बताए। ‘छोटो अवधिमा सबै कुरा हेर्नुपर्ने छ। २० दिनको समयमा बैंकको ऋण गुणस्तर, सम्पत्ति गुणस्तर र एचआरको रिभ्यू गर्नुपर्छ,’ उनले भने, ‘बैंकको बोर्ड, कर्मचारीको सरुवा बढुवालगायत अध्यनन गर्यौं।’

‘अनुगमनको क्रममा केही बैंकहरुमा सम्पत्तिको भ्यालुएसन धेरै गरिएको भटायौं,’ ती अधिकारीले भने। अन्य बैंकहरुको चाँडै नै काम सम्पन्न गरिनेछ। बैंकिङ सेक्टरमा खासै समस्या नरहेको उनले बताए। ठूला १० वटा वाणिज्य बैंकहरुको भने पोर्टफोलियो रिभ्यूको लागि राष्ट्र बैंकले गत साउनमा होवलदार युनुस एण्ड कम्पनीसँग सम्झौता गरिसकेको छ।

कम्पनीसँग वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणका लागि ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा सम्झौता भएको छ। १० वाणिज्य बैंकहरुको पोर्टफोलियो रिभ्यू गर्न होवलदार युनुस एण्ड कम्पनी असोज २५ गते नेपाल आउँदैछ। कम्पनीले पहिलो चरणमा अफसाइड इन्फेक्सन गर्नेछ भने दोस्रो चरणमा बैंकमा गएर अनुगन गर्नेछ। कम्पनीले पाँच महिनामा रिभ्यू गरिसक्नुपर्ने अवधि सम्झौतामा उल्लेख छ।

1550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका