जोडिनुहोस
आइतवार, मंसिर २, २०८१
आइतवार, मंसिर २, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सद्धारा ३५ लाख २५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सद्धारा ३५ लाख २५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सौराहा टाडी उपशाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले कोरोना दोस्रो लहरको कारणबाट निधन भएका रत्ननगर नगरपालिका १ निबासी बिक्रम चौधरीको परिवारलाई ३५ लाख २५ हजार ८ सय ५५ रुपैया मृत्युदाबी भुक्तानी गरेको गरेको हो ।

उनले कम्पनीमा ३ वटा बीमा गरेका थिए । पहिलो काठमाडौ शाखाबाट २० लाखको सुरक्षित जीवन बीमा ,दोस्रो माहाराजगन्ज शाखाबाट ७ लाखको सुरक्षित जीवन बिमा र तेस्रो जरन्खु शाखाबाट ५ लाखको केटाकेटी बिबाह तथा सावधिक बीमा गरेका थिए ।

उनले २ बर्ष अगाडी काठमाडौ शाखाबाट २० लाखको बीमा गरेकोमा २ किस्ता भुक्तानी बापतको भुक्तानी २२ लाख ४७ हजार ८५५ रुपैयाँ र माहाराजगन्ज शाखाबाट प्रथम किस्ता भुक्तानी बापत गर्नु भएको ७ लाखको बीमामा ७ लाख ४५ हजार ५ सय गरि जम्मा २९ लाख ९३ हजार ३५५ रुपैयाँको चेक निजको श्रीमती सरस्वती महतोलाइ भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

५ लाखको केटाकेटी बीमा अन्तर्गतको भुक्तानी बच्चा १९ बर्ष पुराभएपछी ५ लाख ३२ हजार ५ सय रुपैयाँ भुक्तानी हुने समेत कम्पनीले जनाएको छ

5785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका