जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस कार्ड प्रयोगमा ल्यायो, प्रति कारोबार सीमा अधिकतम २ हजार

बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस कार्ड प्रयोगमा ल्यायो, प्रति कारोबार सीमा अधिकतम २ हजार

बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ। बैंकले प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधाहरु उपलब्ध गराउने क्रममा नयाँ कार्ड प्रयोगमा ल्याएको जनाएको छ।

नियर फिल्ड कम्युनिकेसन ९एनएफसी० मा आधारित कार्डमा ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ।

यो प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सीमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ।

कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई व्यक्तिगत दुरी कायम गर्न सहज हुने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

हाल यसबाट एकपटकमा दुई हजार रुपैयाँसम्मको कारोबार गर्न सकिने छ।

5005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका