जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकका महिला कर्मचारी माथी पनि श्रम शोषण, ३ महिनामा ३ पटक सरुवा, जागिरै छाड्ने कर्मचारीहरुको लर्कोः सिइओ न्यौपानेको आतंक कहिलेसम्म ? (प्रमाण सहित)

एनआईसी एशिया बैंकका महिला कर्मचारी माथी पनि श्रम शोषण, ३ महिनामा ३ पटक सरुवा, जागिरै छाड्ने कर्मचारीहरुको लर्कोः सिइओ न्यौपानेको आतंक कहिलेसम्म ? (प्रमाण सहित)

ठूला ग्लोबल आईएमई बैंक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड, नबिल बैंक लिमिटेडसंग नाफामा सधैं सिंगौरी खेल्दै रातारात नक्कली वित्तिय विवरण बनाएर विवादमा फस्दै आएको एनआईसी एशिया बैंक भित्र यति बेला कर्मचारी सरुवाको आतंक मच्चिएको छ भन्दा अब फरक पर्दैन । रातारात आफूलाई अब्बल बैंक देखाउन आक्रमक व्यवसाय गर्न सयौ शाखा खोलेर अत्याधिक कर्मचारी भर्ना गरेको एनआईसी एशिया बैंकलाई अहिले ती कर्मचारी नै घाँडो भएका छन् भन्दा अब फरक पर्दैन ।

एनआईसी एशिया बैंकका सिइओ रोशन कुमार न्यौपानेको दबाब र दादागिरीले बैंकका डिसिइओ सुधिरनाथ पाण्डे लगायत दर्जनौ उच्च कर्मचारी बैंक छाडेका छन् भने बैंक छोड्ने क्रम तिव्र बढेको भेटिएको छ । विहान ७ बजेदेखि राती ११ बजेसम्म बैंकमा काम गर्नु पर्ने भएपछि अधिकाशं कर्मचारीहरुले बैंक छाडेका छन् । यति सम्मकी महिला कर्मचारीहरुले समेत १० बजे राती सम्म काम गर्नु पर्ने बाध्यता एनआईसी एशिया बैंकमा रहेको एक महिला कर्मचारीले पंक्तिकारसंग बताइन । केही महिला कर्मचारीको त समयमा घर नपुगेका भन्दै डिभोर्स समेत भएको ती कर्मचारीले दाबी गरिन् । उनीले थपिन् बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि मात्रै होइन दिउँसो पनि राती पनि नारा अब एनआईसी एशिया बैंकले राख्नु जरुरी छ नि सर ।

विहान ७ बजेदेखि राती १०÷११ बजेसम्म काम गर्नु पर्ने बाध्यता हामी माथी छ सर के गर्ने जागिर खानै प¥यौ नि । उनीकै शब्द सापटी लिने हो भने एनआईसी एशिया बैंकमा ७ बजे विहान देखि १०÷११ बजे राती काम गर्दा पनि ३÷३ महिनामा सरुवा गर्ने गरेको प्रमाण हामीले फेला पारेका छौं गभर्नर साब हेक्का होस् । सयौं कर्मचारीहरुले राजिनामा खल्तीमा बोकेर बसेका छन् । एनआईसी एशिया बैंकमा उच्च कर्मचारी दिन दिनै राजीनामा बुझाएर हिडेका छन् । सिइओ न्यौपानेका सम्पत्ती होइन एनआईसी एशिया बैंक, हामी जस्ता निरिह लाखौ शेयरधनी लाखौ लाख ग्राहक र सयौं लगानीकर्ताको बैंक हो । हेक्का होस् । बैंक भित्र जनताको रगत र पसिानाको पैसा डिपोजिट छ । पब्लिक कम्पनी माथी सीइओ न्यौपानेका दादागिरी चल्दैन । गभर्नर साब जे पनि गर्ने छुट सीइओलाई छैन हेक्का होस् ।

कुनै समय आफूलाई बाणिज्य बैंकहरुमध्ये अब्बल देखाउन आक्रामक रुपमा शाखा विस्तार गर्दै सोही रफ्तारमा कर्मचारी भर्ना गरेको ढोङ्ग गर्ने एनआईसी बैंकले यतिबेला तिनै कर्मचारीमाथि श्रमको शोषण गरेको भेटिएको छ । भन्दा फरक पर्दैन ।
सहज अवस्थामा तिनै कर्मचारीलाई कार्यलय समयपछि पनि घन्टौसम्म काम लगाएर अर्बौं मुनाफा कमाएको एनआइसी एशिया बैंकले परिस्थिति अप्ठ्यारो हुँदै गएपछि आफ्ना कर्मचारीको रोजिरोटी खोसिनेगरि बेरोजगार बनाएको देखिन्छ । गभर्नर साब हेक्का होस् । अझ भनौं एनआईसी एशिया बैंकले ग्राहकपछि आफ्नै कर्मचारीमा आतंक सृजना गरेको छ । अनेकौं बहाना गर्दै बैंकको मानसिक दवाव र तनावकाबीच सजाएको भागिदार हुने देखिएपछि उच्च तहका कर्मचारीहरुले आफै एक एक गरि राजीनामा दिदै बैंक छोडेका छन् । बैंकका डेपुटी सिइओ सुधिरनाथ पाण्डेलेले यही फागुन ९ गते बैंकप्रति असन्तुष्टि जनाउदै बैंक छाडेर गए ।

त्यस्तै बैंकका नायव प्रमुख सूचना अधिकारी तथा कर्जा बिभाग प्रमुख (एजीएम) अर्जुनराज खनिया बैंकले पनि बैंकको उच्च व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै छोड्ने तयारीमा छन् । भन्दा फरक पर्दैन । स्रोतका अनुसार उनी बैंकका अब्बल कर्मचारीमा पर्छन् तर उनी अहिले अन्य बैंकमा जागिर खोजिरहेको देखिन्छ । तर बैंकले तल्लो तहका कर्मचारी माथि भने मानसिक तनाव दिन थालेको छ । बैंक स्रोतका अनुसार गएको गत पौष महिनासम्म ४७ सय जना कर्मचारी कार्यरत थिए । पौष मसान्तसम्म आइपुग्दा जम्मा ३७६० जना मात्रै कर्मचारी बांकी छन् । यसबाट पनि प्रष्ट हुन्छ कि बैंकले कर्मचारी भार थेग्न नसकेर अनावश्यक तनाव दिदै कटौती गरेको देखिन्छ । गभर्नर साब । स्रोतका अनुसार एनआईसी एशिया बैंकका कर्मचारी निकै तनावमा काम गर्ने गरेका छन् । कार्यसम्पादन अति उत्कृष्ट हुँदा हुँदै पनि कामको अवमूल्यन गर्दै बैंकले अनेकन तनाव दिने र काम छोड्न बाध्य बैंकका सिइओ रोशन कुमार न्यौपानेले पार्ने गरेको देखिन्छ । यो कस्तो बैकिङ्ग हो गभर्नर साब ?

कार्य सम्पादन मुल्यांकन अनुसार राम्रो नतिजा आए १ वर्षमा बढुवा गर्ने नियम थियो तर हाल आएर बैंकले सर्कुलर नै जारी गरि कर्मचारीमा निराशा उत्पन्न गर्ने र सकेसम्म आफैं बैंक छोडुन् भन्ने उदेश्यले अति राम्रो कार्यसम्पादन भए बढुवा गर्ने अन्यथा ३ वर्षसम्म कुर्नुपर्ने भनेको छ ।

बैंकमा लामो समयदेखि काम गरिरहेका उत्कृष्ट कर्मचारीहरु माथि समेत बैंकले अन्याय गरेको छ । कार्य सम्पादन मुल्यांकन अनुसार राम्रो नतिजा आए १ वर्षमा बढुवा गर्ने नियम थियो तर हाल आएर बैंकले सर्कुलर नै जारी गरि कर्मचारीमा निराशा उत्पन्न गर्ने र सकेसम्म आफैं बैंक छोडुन् भन्ने उदेश्यले अति राम्रो कार्यसम्पादन भए बढुवा गर्ने अन्यथा ३ वर्षसम्म कुर्नुपर्ने भनेको छ । यो दबाब नभएको हो गभर्नर साब, कहाँ छ राष्ट्र बैंक ? त्यति मात्र होइन बैंकमा कोहि संचालक या उच्च व्यवस्थापनका मान्छेको नातेदार या नजिकका भए सजिलै बढुवा र नयाँ नियुक्ति समेत गर्ने गरेको स्रोत बताउँछ । बैंकले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनका आफ्नै छोरा रिजन महर्जनलाई प्रधान कार्यलयको कर्जा विभागमा जागीर लगाईदिएको भेटिएको छ । यसबाटै प्रस्ट हुन्छ बैंक भित्र के के हुन्छ भनेर । मेयर महर्जनले गत बर्ष बैंकसंग बार्गेनिङ गरि छोरालाई जागीर लगाई दिनुपर्ने सर्त राख्दै नगरपालिकाको डिपोजिट एनआईसी बैंकमा राखेको प्रमाण आर्थिक बजार न्यूजडटकमसंग सुरक्षित छ ।

बैंकले हालै प्रधान कार्यलाय थापाथलीमा कार्यरत रबिना अधिकारीलाई गौर ब्रान्चको पनि रिकोभरी बिभागमा पठाएको भेटिएको छ । स्रोतका अनुसार केहि समय यता बैंकको वित्तिय अबस्था निकै खस्कीएसंगै सिइओ रोशन कुमार न्यौपानेमाथि बैंक सन्चालक समितिको उच्च दवाव छ ।

त्यस्तै बैंकले कार्यसम्पादन मुल्यांकन अनुसार नै अति उत्कृष्ट काम गरिरहेका कर्मचारीलाई सरुवामात्रै गरेको छैन । उनीहरुलाई डिमोरलाईज गर्ने र बैंक छोड्न विवस पार्ने उदेश्यका साथ शाखा प्रमुखलाई रिलेसनसीप म्यानेजमेन्टमा, रिलेसनसीप म्यानेजमेन्टमा रहेका कर्मचारीलाई रीकभरीमा पठाएर मानसिकरुपामा यातना दिने गरेको छ । बैंकले हालै प्रधान कार्यलाय थापाथलीमा कार्यरत रबिना अधिकारीलाई गौर ब्रान्चको पनि रिकोभरी बिभागमा पठाएको भेटिएको छ । स्रोतका अनुसार केहि समय यता बैंकको वित्तिय अबस्था निकै खस्कीएसंगै सिइओ रोशन कुमार न्यौपानेमाथि बैंक सन्चालक समितिको उच्च दवाव छ । सोही अनुसार सिइओ न्यौपानेले उच्च व्यवस्थापनका कर्मचारीमाथि अनावश्यक मानसिक यातना दिने गरका छन् । न्यौपानेले संचालक समितिको निर्देशन भन्दै तल्लो तहका कर्मचारीलाई समेत सार्वजनिक बिदाका दिन पनि कार्यलय आउनुपर्ने र राती १०÷११ बजेसम्म भएपनि दिइएको काम गर्न उर्दी जारी गरेका भेटिएको छ । सिइओ न्यौपानेको दादागिरी राती अवेरसम्म काम नगर्ने कर्मचारीलाई मेची महाकाली सरुवा तत्कालै गरिएको देखिन्छ । तर, निकम्मा राष्ट्र बैंक बोल्दैन कारवाहीको त कुरा नै छैन यो कस्तो नियमनकारी निकाय हो । सचेत भया ।

2510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका