जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सूर्या लाइफद्धारा २४ लाख ९७ हजार मृत्यु दाबी भुक्तानी

सूर्या लाइफद्धारा २४ लाख ९७ हजार मृत्यु दाबी भुक्तानी

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बैतडीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बैतडीको पाटन नगरपालिका वडा नं ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको जनाएको छ ।

ऐरले २०७५ असार ३२ गते २२ लाख बीमांकको १५ वर्षे जीवन बीमा गरेकोमा २०७८ जेठ ९ गते कोरोना संक्रमणका कारण निजको मृत्यु भएकोले बीमा रकम भुक्तानी गरेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा बैतडीका कर्मचारी खगेन्द्र भट्टले जानकारी दिए ।

मृतक ऐरकी श्रीमती द्रोपति ऐरलाई घरमै गएर बीमा दाबी बापतको २४ लाख ९७ हजारको चेक हस्तान्तण गरिएको कम्पनीले बताएको छ । मृतक ऐरले वार्षिक अग्रीम भुक्तानी जीवन बीमा योजना अन्तर्गत ३ किस्ता बापतको रकम कम्पनीमा बुझाएका थिए ।

7055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका