जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा

महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा

महालक्ष्मी विकास बैंकले आजबाट संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा भएको ९ लाख ४७ हजार ३९२ कित्ता सेयर बिक्री गर्न लागेको हो।

उक्त सेयर संस्थापक सेयरधनीहरुका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदन फारम बैंकको केन्द्रीय कार्यालय दरबारमार्गबाट लिन सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट पर्याप्त आवेदन नपरे नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार उक्त सेयर अन्य व्यक्ति तथा संस्थामा बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।

3185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका