जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बैंक अफ काठमाण्डूले सञ्चालनमा ल्यायो कन्ट्याक्टलेस भिसा डेबिट कार्ड

बैंक अफ काठमाण्डूले सञ्चालनमा ल्यायो कन्ट्याक्टलेस भिसा डेबिट कार्ड

बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकलाई उत्कृष्ट सेवा–सुविधा उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात् ट्याप सुविधा भएको पीओएस मेसिनमा प्रयोग गरी भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । हालको कोरोना महामारीको जोखिम न्यूनीकरणका लागि यो कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई व्यक्तिगत दूरी कायम गर्न सहज हुने बैंकले बताएको छ । हाललाई यो प्रविधिमार्फत ग्राहकले हरेक पटक २ हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।

हाल बैंकले ९० शाखा, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

7515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?