जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बीमा समितिले तराईका चार स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तर्क्रिया गर्दै

बीमा समितिले तराईका चार स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तर्क्रिया गर्दै

बीमा समितिले आजदेखि चार स्थानिय तहमा बीमा सम्बन्धी जनचेतना सम्बन्धी अन्तर्क्रिया तथा छलफल गर्ने भएको छ । बीमा समितिका निर्देशक दिनेशलाल कर्णको नेतृत्वमा समितिकै प्रदिप गौतम र शिव प्रसाद खनालले तराईका चार वटा स्थानीय निकायमा यस्तो कार्यक्रम गर्ने भएको हो ।

समितिले भोलि साउन १८ गते सर्लाही जिल्लाको मलंगवा नगरपालकाबाट कार्यक्रम सुरु हुनेछ । त्यस्तै साउन २० गते रौतहट जिल्लाको गौर नगरपालिका, साउन २२ गते रौतहट जिल्लाको गरुडा नगरपालिका र साउन २४ गते सर्लाही जिल्लाकै वरहथवा नगरपालिकामा कार्यक्रम गर्ने छ ।

कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधिहरु, बैंक बीमा कम्पनीका स्थानिय तहमा रहेका शाखा कार्यालयका प्रमुखहरु, शिक्षक, स्थानीय उद्योगी व्यापारी, बीमा अभिकर्ता, किसान महिला तथा सर्वसाधारणको सहभागिता रहनेछ ।

चालु आर्थिक वर्षमा स्थानीय तह सँगको यो पहिलो अन्तर्क्रिया कार्यक्रम हो । बीमाको कसरी विस्तार गर्ने, बीमा सामाजिक सुरक्षा भएको हुनाले सबै वर्गलाई कसरी समेट्न सकिन्छ भने गत आर्थिक वर्षदेखिनै समितिले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । समितिले स्थानीय निकाय सँग प्रत्यक्ष रुपमा भेटेरै आफ्नो सेवा सुविधालाई बीमा सँग टाइअफ गर्न अनुरोध गर्नेछ ।

समितिले अभियानकै रुपमा अगाडि बढाएको यो कार्यक्रम चालु आर्थिक वर्षमा १०० वटा भन्दा बढि स्थानिइ नियका सँग सम्पन्न गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा पनि बीमा समितिले विभिन्न स्थानीय निकायहरु सँग यस्तो कार्यक्रम आयोजना गरिसकेको छ । यो कार्यक्रमले जनचेतना अभिबृद्धि गर्ने, बीमाको दाबी भुक्तानी कसरी हुन्छ भनेर जानकारी प्रदान गरिनेछ ।

समितिले भोलिदेखि सञ्चालन गर्ने चारवटै कार्यक्रममा समितिका निर्देशक कर्णले बीमा सम्बन्धी प्रस्तुती दिनेछन् । कार्यक्रममा समितिले स्थानीय जनप्रनिधि तथा सहभागीको कुरा सन्नेछ । उनिहरुको गुनासो तथा सुझावलाई ग्रहण गरेर आवस्यक निर्देशन दिनुका साथै आगामी दिनमा समितिले आफ्नो नीति तथा कार्यक्रममा समेट्नु पर्ने देखेमा सुझावको रुपमा समितिमा पेश गरिने कर्णले जानकारी दिए ।

यस्ता कार्यक्रमले बीमाको विस्तारमा के कस्तो कुराले बाधा अवरोध पुर्याइरहेको छ भन्ने कुरा नियामकलाई अवगत हुने र आगामी दिनमा के कस्ता नीति तथा कार्यक्रम बनाउदा बीमाको क्षेत्र थप फराकिलो बनाउन सकिन्छ भनेर रणनीति पनि तय हुने समितिले जनाएको छ ।

5150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका