जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • लुम्बिनी विकास बैंकद्धारा पाँच वर्ष पुरानो लाभांश लिन आग्रह

लुम्बिनी विकास बैंकद्धारा पाँच वर्ष पुरानो लाभांश लिन आग्रह

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै साविकका वीरगञ्ज फाइनान्स, एच एण्ड वि डेभलपमेन्ट र लुम्बिनी फाइनान्सको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश नलिएका शेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको हो ।

शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र बैंकको केन्द्रिय कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्ने बैंकले जनाएको छ । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा लाभांश जम्मा हुने समेत बैंकले बताएको छ ।

8070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका