जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • गुराँस लाइफको प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत

गुराँस लाइफको प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५/७६ को लाभाश बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव २८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सो लाभांश बीमा समितिले स्वीकृति गरेको जनाएको छ । उक्त लाभांश अब कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताहरुले प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आफ्नो स्थापना कालदेखि अहिलेसम्म ६ पटक मात्रै लाभांश दिएको छ । दोस्रो बजारमा सूचिकृत जीवन बीमा कम्पनीहरु मध्ये आर्थिक वर्ष २०७५/७६ का लागि लाभांस घोषणा गर्ने यो अन्तिम कम्पनी हो । बीमा समितिले पटक पटक लेखापरिक्षण सम्पन्न गर्न दवाव दिए पछि बल्ल बल्ल तयार परेको हो ।

4925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका