जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मर्जपछि झन् तगडा बन्यो हिमालयन लाइफ: साढे १४ अर्बको व्यापार, ४२.५० प्रतिशतले बढायो नाफा

मर्जपछि झन् तगडा बन्यो हिमालयन लाइफ: साढे १४ अर्बको व्यापार, ४२.५० प्रतिशतले बढायो नाफा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ५८ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले मंगलवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

हिमालयन लाइफ साविकको गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको कम्पनी हो । यी तीनै वटा कम्पनीले गत वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थिए । मर्जपछि कम्पनी झन् तगडा बन्दै गएको छ ।

समिक्षा अवधिमा कम्पनीले ५८ करोड १३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्ला आवको तुलनामा ४२.५० प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा भने ४० करोड ७९ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीले १४ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कमपनीले लगानी , कर्जा तथा अन्यबाट ४ अर्ब २३ करोड ६४ लाख रुपैयाँ, र बीमालेखको धितो कार्जबाट ४२ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अभिकर्ता कमिशनका लागि १ अर्ब ४१ करोड ६५ लाख रुपैयाँ र बीमितको स्वास्थ्य परिक्षण्का लागि ६९ लाख रुपैयाँ खर्चिएको छ । कम्पनीले कर्मचारी बोनस व्यवस्थाका लागि भने ६ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ ।

कम्पनीको कुल बीमा शुल्क आर्जन भने १४ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ रहेको छ । हालसम्मको बीमा शुल्क भने ८२ अर्ब २६ करोड १ लाख रुपैयाँ रहेको छ ।

गत वर्ष कम्पनीले ५ लाख ७८ हजार ९५३ वटा बीमालेख बिक्री गरेको छ ।समिक्षा अवधिमा कम्पनीले कुल ५ अर्ब ४५ करोड २४ लाख रुपयाँ दावी भुक्तानी दिएको छ । गत वर्ष कम्पनीले १० हजार १२५ वटा दावीको भुक्तानी दिएको हो । सो अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम भने ४ करोड ३० लाख रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ६ करोड ३५ लाख रुपैयाँ राखेको छ । जीवन बीमा कोषको आकार भने पनि बढेर ५२ अर्ब १२ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २५ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।

810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?