जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सांग्रिला बैंकले साधारणसभाबाट पारित गर्‍यो सेयरधनीलाई १०% बोनस सेयर दिने प्रस्ताव

सांग्रिला बैंकले साधारणसभाबाट पारित गर्‍यो सेयरधनीलाई १०% बोनस सेयर दिने प्रस्ताव

सांग्रिला डेभलपमेन्ट बैंकले मंगलबार १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभाबाट बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र  यसमा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरेको जनाएको छ।

बैंकले गत आर्थिक वर्षको अन्त्यमा कायम चुक्ता पुँजी दुई अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँको १० प्रतिशतले हुन आउने बराबर बोनस सेयर दिने भएको हो। यसमा लाग्ने कर चुक्ताका लागि सेयरधनीलाई बैंकले कुल एक करोड ४४ लाख पाँच हजार ११८  रुपैयाँ नगद लाभांश दिने भएको छ।

साधारणसभाले गत आव २०७७/७८ को वित्तीय विवरणसमेत पारित गरेको बैंकले जनाएको छ। 

बैंकका देशभर १०१ शाखा कार्यालयहरु र ३१ एटीएम सं‌चालनमा छन् ।

7795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका