जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त

सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त

सानिमा बैंक लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा तुक प्रसाद पौडेल नियुक्त भएक छन् । बैंकको संचालक समितिको बैठकले वहाँलाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बैंकको नवनियुक्त अध्यक्ष तुक प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो ओहोदाको सपथ ग्रहण गरेका हुन् । पौडेल यस अघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा संचालक रही कार्य गरिसकेका छन् । 

नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्टमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर छन् भने देशभित्र हाइड्रो विज्ञका रुपमा परिचित छन् । विगत २४ वर्षको पेशागत अनुभव संगालेका  पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी भइसकेका छन् । 

4855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका