जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सिन्धु विकास बैंकका शाखा प्रमुख अझै हिरासतमा, १ करोड भन्दा बढी हिनामिना गरेको स्वीकार

सिन्धु विकास बैंकका शाखा प्रमुख अझै हिरासतमा, १ करोड भन्दा बढी हिनामिना गरेको स्वीकार

सर्वसाधारणको निस्खेप हिनामिना गरेको आरोपमा पक्राउ परेका सिन्धु विकास बैंकका दोलालघाट शाखा प्रमुख सुमन खरेल अनुसन्धानका क्रममा अझै सीआईबीको हिरासतमा रहेका छन्। बैंकिंङ कसुरको अभियोगमा यही कात्तिक ८ गते पक्राऊ परेका खरेललाई पटक–पटक म्याद थप गर्दै अनुसन्धानको लागि हिरासतमा राखिएको हो। 

काभ्रेको साबिक भुम्लुटार गाविस हाल भुम्लु गापा वडा नं. ८ घर भएका ३१ वर्षीय खरेललाई पहिलोपटक सात दिनको म्याद थप गरिएको थियो।  उनले हिनामिना गरेको भनिएको १ करोड भन्दा बढी रकम तिर्न नसकेकाले र थप अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थप गरि अनुसन्धानको लागि राखिएको सीआईबी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए।

खरेलले सिन्धु विकास बैंकको काभ्रे, दोलालघाट शाखामा दैनिकरुपमा संकलन हुने निक्षेप धेरै ब्याज आउने ठाउँमा लगानी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बैंकको उक्त शाखामा निक्षेपकर्ताले राखेको पैसा आफुले महँगो ब्याजमा लगाउने गरेको उनले स्वीकार गरेको सिंहले बताए।

खरेलले शाखामा दैनिक रुपमा जम्मा हुने पैसा एनसीसी बैंकको सिन्धुपाल्चोकको बाह्रबीसे शाखामा नियमितरुपमा जम्मा गरेको देखाएर उक्त पैसा आफूखुसी प्रयोग गर्दै आएको अनुसन्धानमा भेटिएको हो। 

खरेलले एक करोड ७९ लाख ९० हजार आठ सय ५५ रुपैयाँ एनसीसी बैंकको खातामा जम्मा नगरी आफूले रकम निकाली बैंकको सम्पत्ति अपचलन गरेको देखिएको हो।  

पक्राउ परेका खरेलमाथि हाल बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान भइरहेको छ।

सामान्यतया रकम अपचलनसम्बन्धी यस्तो घटनामा सामान्यतया दुई वा दुई भन्दा बढी व्यक्तिको संलग्नता हुने भएपनि सिन्धुु विकास बैंकको दोलालघाट शाखामा भएको रकम अपचलनमा भने हालसम्म खरेलको मात्र संलग्नता देखिएको छ। 

4270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका