जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सको नाफा २२ प्रतिशतले बढ्यो

आइएमई जनरल इन्स्योरेन्सको नाफा २२ प्रतिशतले बढ्यो

आइएमई इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सुचक बढेका छ् ।

१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २५ करोड ८३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २२ करोड ७८ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको बीमा कोषमा ४८ करोड ४६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३७ करोड ४४ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष बढेको हो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । गत आर्थिक वर्षमा १५ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८ /७९ को प्रथम त्रैमाससम्ममा १६ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ दशमलव ६३ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा कम्पनीको नाफा २२ प्रतिशतले बढी हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ०५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ १९ पैसा रहेको छ ।आइएमई जनरल इन्स्योरेन्सको नाफा २२ प्रतिशतले बढ्यो

4450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका