जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एभरेष्ट बैंकले १०.५ प्रतिशतको ऋणपत्र आजबाट जारी गर्‍यो

एभरेष्ट बैंकले १०.५ प्रतिशतको ऋणपत्र आजबाट जारी गर्‍यो

एभरेष्ट बैंकले १०.५ प्रतिशत ब्याज दरको ऋणपत्र आजबाट जारी गरेको छ। बैंकले ६ वर्ष अवधिको ऋणपत्र छिटोमा साउन २२ गतेसम्म बिक्री गर्ने छ। बैंकले ब्याज भने प्रत्येक तीन महिनामा भुक्तानी गर्ने छ। ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ जारी गर्न लागेको हो।

अंकित मूल्य १००० रुपैयाँ दरको ऋणपत्र खरिदका लागि कम्तिमा २५ कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ। बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिन्छ।

बैंकले २ अर्ब रुपैयाँ बराबरको २ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसको ६० प्रतिशत अर्थात १२ लाख कित्ता प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्ने छ। बाँकी रहेको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ। यसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

3710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका